काठमाडौँ । थापाथलीस्थित सुकुमबासी बस्ती आसपास प्रहरीले सीसीटीभी क्यामेरा जडान गर्न थालेको छ।
बस्ती हटाउने क्रममा हुनसक्ने अवाञ्छित गतिविधि निगरानीका लागि क्यामेरा राखिएको प्रहरीले जनाएको छ। निगरानी भद्रकालीस्थित प्रहरी परिसरबाट गरिनेछ।
यसअघि सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुकुमबासी मोर्चाका एक नेतालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।


