काठमाडौं । विद्युतीय बोलपत्र (ई–बिडिङ) प्रणाली ह्याक प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले इन्कोन प्रालिका लेखापाल स्वदेश पोखरेल र कल्पवृक्ष बिल्डर्सका सञ्चालक प्रकाश ढुंगानालाई शनिबार नियन्त्रणमा लिएको हो।
यसअघि पनि यस प्रकरणमा केही निर्माण व्यवसायी पक्राउ परिसकेका छन्। हालसम्म १० जनाभन्दा बढी पक्राउ परेका छन् भने उनीहरूमाथि विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


