Friday, June 05, 2026
Home > स्थानीय समाचार > असिनापानीपछि जलेश्वर जलमग्न, जनजीवन प्रभावित

असिनापानीपछि जलेश्वर जलमग्न, जनजीवन प्रभावित

महोत्तरीको जलेश्वरमा हावाहुरीसहितको वर्षा र असिनापानीपछि बजार क्षेत्र जलमग्न भएको छ।

ढल निकास कमजोर हुँदा नगरपालिका चोक, मीनाबजारलगायत क्षेत्र डुबानमा परेका छन्। सडकमा पानी जम्दा पैदल हिँड्न र सवारी चलाउन कठिन भएको स्थानीयले बताएका छन्।

सरकारी तथा निजी कार्यालय परिसरसमेत पानीले डुबानमा परेपछि जनजीवन प्रभावित बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *