धनगढी, १३ वैशाख। ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले धनगढी उपमहानगरपालिकाको विकास देखेर प्रभावित भएको बताएका छन्।
‘ई–वेस्ट प्रोसेसर ट्रेनिङ’ उद्घाटन कार्यक्रममा उनले धनगढीको ६ लेन सडक, स्मार्ट बत्ती र हरियाली व्यवस्थापनको प्रशंसा गर्दै ललितपुरले धेरै कुरा सिक्नुपर्ने उल्लेख गरे।
मेयर महर्जनले धनगढीले सुरु गरेको ई–वेस्ट व्यवस्थापन प्रणाली आफूले पनि ललितपुरमा लागू गर्ने योजना रहेको बताए।


