Friday, June 05, 2026
Home > स्थानीय समाचार > प्युठानमा चट्याङ प्रहार: बाबुछोराको मृत्यु, एक घाइते

प्युठानमा चट्याङ प्रहार: बाबुछोराको मृत्यु, एक घाइते

प्युठानमा चट्याङ लागेर बाबुछोराको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

गौमुखी गाउँपालिका–६ लिबाङका ७० वर्षीय केदार बोहरा क्षेत्री र उनका २८ वर्षीय छोरा रामु बोहरा क्षेत्री आइतबार दिउँसो चट्याङ लागेर गम्भीर घाइते भएका थिए। उपचारका क्रममा राति जिल्ला अस्पताल बिजुवारमा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा घाइते भएका एकजनाको उपचार जारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *