Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > यातायात कार्यालयको आग्रह: बिहानै लाइन बस्न नआउनुहोस्

यातायात कार्यालयको आग्रह: बिहानै लाइन बस्न नआउनुहोस्

काठमाडौंको ठूलो भर्‍याङस्थित यातायात कार्यालयले सेवाग्राहीलाई बिहान ७–८ बजेदेखि लाइनमा बस्न नआउन आग्रह गरेको छ।

कार्यालयका अनुसार सेवा बिहान ९ बजे मात्र सुरु हुने भएकाले अत्यधिक चाँडो आएर लाइन बस्नुपर्ने आवश्यकता छैन। सोमबार केही भिड हुने भए पनि अन्य दिनमा सेवा सहज रूपमा सञ्चालन भइरहेको बताइएको छ।

समय व्यवस्थापन गरेर भिडभाड कम हुने समयमा सेवा लिन कार्यालयले सेवाग्राहीलाई अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *