Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > इरानको तीनबुँदे प्रस्ताव: अमेरिका अझै अनिश्चित

इरानको तीनबुँदे प्रस्ताव: अमेरिका अझै अनिश्चित

पश्चिम एसियामा तनावबीच इरानले अमेरिका समक्ष तीनबुँदे प्रस्ताव अघि सारेको छ।

प्रस्तावमा युद्ध अन्त्य, होर्मुज जलमार्ग पुनः खोल्ने र परमाणु कार्यक्रमसम्बन्धी वार्ता पछि सार्ने विषय समावेश छन्। यो प्रस्ताव पाकिस्तानमार्फत अमेरिकासम्म पुगेको बताइएको छ।

अमेरिकाले प्रस्ताव प्राप्त भएको पुष्टि गरे पनि स्वीकृतिबारे कुनै संकेत दिएको छैन। विश्लेषकहरूले परमाणु मुद्दा पछि सार्ने प्रस्तावका कारण सहमति कठिन हुने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *