Friday, June 05, 2026
Home > स्थानीय समाचार > कोसी प्रदेशको ‘हेल्लो सीएम’ प्रणाली सफल, ७०% गुनासो अनलाइनमै समाधान

कोसी प्रदेशको ‘हेल्लो सीएम’ प्रणाली सफल, ७०% गुनासो अनलाइनमै समाधान

विराटनगर — कोसी प्रदेश सरकारले सञ्चालनमा ल्याएको ‘हेल्लो सीएम’ गुनासो व्यवस्थापन प्रणाली प्रभावकारी बनेको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार हालसम्म प्राप्त १२५ गुनासामध्ये ७७ वटा (करिब ७० प्रतिशत) अनलाइनमार्फत समाधान भइसकेका छन्।

यो प्रणालीमार्फत नागरिकले वेब, मोबाइल एप, फोन, इमेल र प्रत्यक्ष उपस्थित भएर समेत गुनासो दर्ता गर्न सक्ने व्यवस्था छ। साथै, गुनासोको प्रगति अनलाइनमै ट्र्याक गर्न सकिन्छ।

हालसम्म सहकारी, सेवा प्रवाह, भ्रष्टाचार, स्वास्थ्य र कृषि सम्बन्धी गुनासो बढी दर्ता हुने गरेको कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *