नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मध्यबिन्दु नगरपालिका–७ मा ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
दुम्किबासतर्फबाट आएको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको कार एकआपसमा ठोक्किँदा कार चालक गम्भीर घाइते भएका थिए।
घाइतेलाई मध्यबिन्दु प्रादेशिक अस्पताल पुर्याइए पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको पहिचान खुल्न बाँकी छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


