Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > राष्ट्रिय गौरवका आयोजना १० मा सीमित गर्न योजना आयोगको सुझाव

राष्ट्रिय गौरवका आयोजना १० मा सीमित गर्न योजना आयोगको सुझाव

काठमाडौं । राष्ट्रिय योजना आयोगले राष्ट्रिय गौरवका आयोजनाको संख्या १० वटा मात्रै कायम गर्न सरकारलाई सुझाव दिएको छ।

प्रतिनिधिसभाको पूर्वाधार विकास समितिमा बोल्दै आयोगका सचिव रविलाल पन्थले आयोजना घटाउँदा कार्यान्वयन र लगानी व्यवस्थापन सहज हुने बताएका छन्।

उनले धेरै आयोजना भएकाले बजेट अभाव, ढिलाइ र नीतिगत अस्पष्टता जस्ता समस्या देखिएको उल्लेख गरे।

आयोगले ५० प्रतिशतभन्दा बढी प्रगति भएका आयोजना छिटो सम्पन्न गर्न र कम प्रगतिका आयोजनाको पुनरावलोकन गर्न पनि सुझाव दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *