मोरङ । रंगेली नगरपालिकाका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था गम्भीर रूपमा कमजोर देखिएको छ।
कक्षा ८ को नगरस्तरीय परीक्षामा ९४५ मध्ये केवल ४५४ विद्यार्थी मात्रै उत्तीर्ण भएका छन्, जसले ४८.०४ प्रतिशत नतिजा देखाएको छ।
धेरै सामुदायिक विद्यालयमा न्यून उत्तीर्ण दर देखिएको छ भने केहीमा शून्य नतिजासमेत आएको छ। यसले विद्यालयहरूको वास्तविक शैक्षिक अवस्था कमजोर रहेको देखाएको छ।
त्यसैबीच, निजी (संस्थागत) विद्यालयहरूले भने तुलनात्मक रूपमा राम्रो नतिजा ल्याउँदै शतप्रतिशतसम्म सफलता हासिल गरेका छन्।
नतिजा कमजोर हुनुको कारण शिक्षक, विद्यार्थी र अभिभावकको लापरबाही, साथै व्यवस्थापन कमजोरी रहेको आरोप–प्रत्यारोप भइरहेको छ।


