मोरङ। मोरङको बेलबारीबाट बलात्कार मुद्दामा दोषी ठहर भएका दाजुभाइ पक्राउ परेका छन्। उनीहरू १७ वर्षभन्दा बढी कैद सजाय तोकिएपछि लामो समयदेखि फरार थिए।
पक्राउ पर्नेमा बेलबारी–५ का ५७ वर्षीय धनपाल भगत थारु र उनका दाजु भूपाल भगत रहेका छन्। दुवैलाई उच्च अदालत विराटनगरले २०७७ सालमा दोषी ठहर गर्दै १७ वर्ष ५ महिना २१ दिन कैद सजाय सुनाएको थियो।
घरमै लुकेर बसेको अवस्थामा उनीहरूलाई मंगलबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ। दुवैलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको छ र कारागार चलान गर्ने तयारी भइरहेको छ।


