काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद तथा पूर्वमन्त्री दीपककुमार साहले सरकारले ल्याएको अध्यादेशको बचाउ गरेका छन्।
उनका अनुसार संविधानले अध्यादेशको व्यवस्था गरेको भएकाले प्रशासनिक कामलाई सहज बनाउन र सरकारको १०० दिने कार्यसूची पूरा गर्न यो प्रक्रिया प्रयोग गर्न सकिन्छ।
साहले जनअपेक्षा र सरकारी म्यान्डेट पूरा गर्न छिटो निर्णय आवश्यक रहेको भन्दै अध्यादेशलाई त्यसैको माध्यमका रूपमा व्याख्या गरेका छन्।


