बुटवल । रुपन्देहीको बुटवल–बर्दघाट सडक खण्डमा माइक्रो बस र ईभी माइक्रो एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्।
गणेशनगरस्थित प्रतीक्षालय नजिक भएको दुर्घटनामा बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेको माइक्रो र नारायणगढबाट आउँदै गरेको ईभी माइक्रो ठोक्किएका थिए।
घाइतेमध्ये दुई जनाको उपचारका क्रममा देवदह मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूको उपचार जारी छ।


