काठमाडौं — त्रिभुवन विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले पदबाट राजीनामा दिने तयारी गरेका छन्।
उपकुलपति प्राडा दिपक अर्याल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले सरकारलाई मार्ग प्रशस्त गर्ने उद्देश्यले यस्तो निर्णय लिन लागेको स्रोतले जनाएको छ।
राजनीतिक नियुक्ति लिएका पदाधिकारीलाई हटाउने गरी रामचन्द्र पौडेलसमक्ष अध्यादेश सिफारिस भएपछि उनीहरूले राजीनामा दिने तयारी गरेका हुन्।
रजिस्ट्रार रिजाल यसअघि दोहोरो नागरिकता विवादमा समेत मुछिएका थिए।


