काठमाडौं । भारत ले लिपुलेक नाका हुँदै हुने कैलाश मानसरोवर यात्राबारे आफ्नो पुरानो अडान दोहोर्याएको छ।
नेपालको आपत्तिपछि भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवाल ले यो यात्रा सन् १९५४ देखि नै सञ्चालन हुँदै आएको बताएका छन्।
भारतले यसलाई नयाँ विषय नभई निरन्तर प्रक्रिया भएको दाबी गर्दै नेपालको क्षेत्रीय दाबीप्रति असहमति जनाएको छ।
यद्यपि, द्विपक्षीय सम्बन्धलाई महत्व दिँदै सीमा विवादलगायतका विषय कूटनीतिक संवादमार्फत समाधान गर्न तयार रहेको भारतले जनाएको छ।


