Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > बागमतीका मुख्यमन्त्री इन्द्र बानियाँका घर–कार्यालयमा छापा

बागमतीका मुख्यमन्त्री इन्द्र बानियाँका घर–कार्यालयमा छापा

बागमती प्रदेशका मुख्यमन्त्री तथा कांग्रेस नेता इन्द्र बानियाँमाथि सम्पत्ति शुद्धीकरणको आशंकामा अनुसन्धान सुरु भएको छ। सोमबार सम्पत्ति शुद्धीकरण विभागले काठमाडौं (नक्साल र सुन्धारा) तथा हेटौंडा–५ पिप्लेस्थित उनका घर र कार्यालयमा एकैसाथ छापा मारेको प्रहरीले पुष्टि गरेको छ।

अवैध सम्पत्ति आर्जन र लुकाएको आरोपमा गरिएको अनुसन्धानका क्रममा विभागका कर्मचारी र प्रहरी टोली परिचालन गरिएको थियो। उनी निर्माण व्यवसायसँग पनि जोडिएका व्यवसायी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *