Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > अध्यादेशपछि प्रधान न्यायाधीश नियुक्तिको बाटो खुल्यो

अध्यादेशपछि प्रधान न्यायाधीश नियुक्तिको बाटो खुल्यो

राष्ट्रपतिबाट संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी भएसँगै नयाँ प्रधान न्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढ्ने भएको छ।

न्याय परिषद्ले सिफारिस गरेका ६ जना न्यायाधीशमध्येबाट नियुक्ति हुने सम्भावना रहेको छ। परम्पराअनुसार वरिष्ठताको आधारमा नियुक्ति हुने भए पनि यसपटक सरकारसँग विकल्प खुला छ।

हाल कामु प्रधान न्यायाधीशका रूपमा सपना प्रधान मल्ल कार्यरत छन्, र वरिष्ठताका आधारमा उनी नै प्रमुख दाबेदार मानिन्छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *