Friday, June 05, 2026
Home > स्थानीय समाचार > गाँजा बोकेको भारतीय एम्बुलेन्स सुनसरीमा पक्राउ, १४८ किलो लागूऔषध बरामद

गाँजा बोकेको भारतीय एम्बुलेन्स सुनसरीमा पक्राउ, १४८ किलो लागूऔषध बरामद

सुनसरी — प्रहरीले गाँजा लोड गरिएको भारतीय नम्बर प्लेटको एम्बुलेन्स नियन्त्रणमा लिएको छ।

बराहक्षेत्र नगरपालिका–२ पुल्ठेगौंडाबाट पक्राउ गरिएको उक्त एम्बुलेन्सभित्र प्लास्टिकका बोरामा राखिएको अवस्थामा १४८ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ।

भारततर्फ तस्करी गर्ने उद्देश्यले प्रयोग गरिएको आशंका गरिएको एम्बुलेन्सका चालक र एक यात्रुलाई पक्राउ गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *