Friday, June 05, 2026
Home > स्थानीय समाचार > ‘सेतो पुर्जा’ पाएका सुकुम्वासी नहटाउने त्रियुगा नगरपालिकाको स्पष्ट अडान

‘सेतो पुर्जा’ पाएका सुकुम्वासी नहटाउने त्रियुगा नगरपालिकाको स्पष्ट अडान

उदयपुर — त्रियुगा नगरपालिकाले जग्गा नापजाँच भई ‘सेतो पुर्जा’ प्राप्त गरिसकेका सुकुम्वासीलाई नहटाउने स्पष्ट अडान सार्वजनिक गरेको छ।

त्रियुगा नगरपालिका ले संघीय सरकारको सार्वजनिक तथा ऐलानी जग्गा संरक्षणसम्बन्धी निर्देशनपछि प्रतिक्रिया दिँदै वर्षौंदेखि बसोबास गर्दै आएका नागरिकलाई विस्थापित नगर्ने जनाएको हो।

नगरपालिकाले भोगाधिकार प्रमाणपत्र (सेतो पुर्जा) पाइसकेका परिवारको हक सुरक्षित रहने बताउँदै सार्वजनिक जग्गा अतिक्रमण गरेर हालै बनाइएका नयाँ संरचनामा भने कानुनअनुसार कारबाही गरिने स्पष्ट पारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *