Friday, June 05, 2026
Home > स्थानीय समाचार > विवाह भोजपछि फुड पोइजनिङ : चितवनमा ९३ बिरामी, ५० उपचाररत

विवाह भोजपछि फुड पोइजनिङ : चितवनमा ९३ बिरामी, ५० उपचाररत

चितवनको भरतपुर–४ धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा विवाह भोजपछि फुड पोइजनिङ हुँदा ९३ जना बिरामी परेका छन्।

उनीहरूमध्ये ५० जनाको भरतपुर, चितवन मेडिकल कलेज र काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। बिरामीमा ज्वरो, पखाला र कमजोरी देखिएको छ भने सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

घटनाबारे खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले अनुसन्धान गरिरहेको छ भने पार्टी प्यालेसका दुई कर्मचारीलाई नियन्त्रणमा लिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *