Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > धादिङमा तीन गाडी एकापसमा ठोक्किँदा ३७ जना घाइते

धादिङमा तीन गाडी एकापसमा ठोक्किँदा ३७ जना घाइते

काठमाडौं । धादिङको बैरेनीमा गएराति तीन वटा गाडी ठोक्किँदा ३७ जना घाइते भएका छन्।

पृथ्वी राजमार्गअन्तर्गत रोकिराखेको ट्रकमा काठमाडौंबाट बाग्लुङ जाँदै गरेको बस ठोक्किएको थियो। त्यसपछि वीरगञ्जतर्फ जाँदै गरेको अर्को बसले पनि पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये अधिकांशको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने केहीको अवस्था गम्भीर रहेको बताइएको छ। दुर्घटनामा संलग्न तीनवटै गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *