धनकुटा । हिले क्याम्पसमा ‘प्राज्ञिक लेख लेखन तथा जर्नल प्रकाशन’ विषयक तीनदिने अनुसन्धान प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
शिक्षा विकास निर्देशनालय धनकुटाका निर्देशक कृष्णप्रसाद पोखरेलले उद्घाटन गरेको कार्यक्रममा विभिन्न शैक्षिक तथा पत्रकारिता क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
विशेषज्ञ प्राध्यापकहरूले सहजीकरण गरेको प्रशिक्षणमा करिब दुई दर्जन प्राध्यापक, अनुसन्धानकर्ता र विद्यार्थी सहभागी थिए। कार्यक्रमले शैक्षिक गुणस्तर सुधारमा योगदान पुग्ने अपेक्षा गरिएको छ।


