Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकको प्रतिवेदन राष्ट्रियसभामा पेस

अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकको प्रतिवेदन राष्ट्रियसभामा पेस

काठमाडौं । राष्ट्रियसभामा ‘अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक, २०८१’ सम्बन्धी समितिको प्रतिवेदन पेस गरिएको छ।

विधायन व्यवस्थापन समिति सभापति कृष्णबहादुर रोकायले बुधबार बसेको बैठकमा प्रतिवेदन प्रस्तुत गरेका हुन्। प्रतिवेदनमा विधेयकबारे समितिमा भएको छलफल, सुझाव र संशोधन समेटिएको छ।

विधेयकले तीनै तहका सरकारलाई मौलिक कला, संस्कृति, भाषा र परम्परासहितका अभौतिक सांस्कृतिक सम्पदाको पहिचान, संरक्षण र प्रवर्द्धन गर्ने अधिकार प्रदान गर्ने व्यवस्था गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *