Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > उत्तर प्रदेशमा आँधी–चट्याङ : ८९ जनाको मृत्यु, दर्जनौँ घाइते

उत्तर प्रदेशमा आँधी–चट्याङ : ८९ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौं । भारतको उत्तर प्रदेशमा आएको भीषण हावाहुरी, वर्षा र चट्याङका कारण कम्तीमा ८९ जनाको मृत्यु भएको छ।

बुधबार आएको आँधीले व्यापक जनधनको क्षति पुर्‍याएको राज्य विपद् व्यवस्थापन विभागले जनाएको छ। घटनामा ५० भन्दा बढी घाइते भएका छन् भने धेरै घर तथा पशुधनमा क्षति पुगेको छ।

तीव्र हावाहुरीका कारण रूख र संरचना ढल्दा धेरै ठाउँमा दुर्घटना भएको बताइएको छ। उत्तर प्रदेश सरकारले राहत र उद्धार कार्य तीव्र पारिएको तथा पीडितलाई आर्थिक सहायता उपलब्ध गराइने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *