काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले देशको राजनीतिक अवस्था निरंकुशतातिर जान सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।
प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले सरकारले संसदीय परम्परा र मान्यतामाथि उपेक्षा गरिरहेको आरोप लगाए। उनले मुठभेडतर्फ देश जान नहुनेमा सचेत हुनुपर्ने बताए।
केसीले केही संगठन र संरचनामाथि गरिएको कदमलाई लिएर असन्तुष्टि जनाउँदै संसदीय अभ्यास कमजोर बनाइँदै गएको टिप्पणी गरे। साथै, प्रधानमन्त्रीको संसद्प्रतिको व्यवहारप्रति पनि उनले प्रश्न उठाए।


