काठमाडौं । सांसद रञ्जु न्यौपाने ‘दर्शना’ले सरकारलाई नीति तथा कार्यक्रममा विपक्षी दलका न्यायोचित सुझाव समेट्न आग्रह गरेकी छन्।
प्रतिनिधिसभामा बिहीबार भएको छलफलमा उनले सरकार र विपक्षबीचको सुझाव आदान–प्रदानलाई सकारात्मक रूपमा लिनुपर्ने बताइन्। विपक्षीका घोषणापत्र र सुझावहरू समेत नीति निर्माणमा उपयोग गर्न सकिने उनको भनाइ थियो।
दर्शनाले विगतका नीति तथा कार्यक्रमहरू पनि आलोचनात्मक छलफलमै सीमित रहेको उल्लेख गर्दै यसपटक कार्यान्वयनमुखी बनाउनुपर्नेमा जोड दिइन्।


