Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > गुणस्तरमा समस्या देखिएपछि ‘करेन्ट’ र ‘लाली’ चाउचाउ फिर्ता गर्न आदेश

गुणस्तरमा समस्या देखिएपछि ‘करेन्ट’ र ‘लाली’ चाउचाउ फिर्ता गर्न आदेश

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरहीन भेटिएपछि ‘करेन्ट’ र ‘लाली’ चाउचाउका केही ब्याच बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ।

विभागका अनुसार परीक्षणका क्रममा चाउचाउमा प्रयोग गरिएको फ्याटको गुणस्तर सरकारले तोकेको मापदण्डअनुसार नभेटिएको हो। रुपन्देहीस्थित यशोदा फुड्स प्रालिद्वारा उत्पादित चाउचाउमा ‘एसिड भ्यालु’ बढी पाइएकाले स्वास्थ्य जोखिम हुन सक्ने जनाएको छ।

विभागले उपभोक्तालाई उक्त ब्याचका चाउचाउ प्रयोग नगर्न तथा बिक्रेतालाई बिक्री रोक्न आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *