Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > गुप्तचर विभाग फेरि प्रधानमन्त्री कार्यालयअन्तर्गत

गुप्तचर विभाग फेरि प्रधानमन्त्री कार्यालयअन्तर्गत

काठमाडौं । सरकारले राष्ट्रिय अनुसन्धान विभागलाई पुनः प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याएको छ।

मन्त्रिपरिषद्को निर्णयअनुसार ‘नेपाल सरकार कार्यसम्पादन नियमावली–२०८३’ मार्फत विभागलाई प्रधानमन्त्री कार्यालयको कार्यक्षेत्रभित्र समावेश गरिएको हो।

यसअघि विभाग गृह मन्त्रालय मातहत रहेको थियो। नयाँ व्यवस्थासँगै गुप्तचर विभाग अब पुनः प्रधानमन्त्रीको प्रत्यक्ष निगरानीमा रहने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *