सुनसरी । समस्याग्रस्त बनेको बराह सहकारी तथा बराह ग्रुपका अध्यक्ष शिवकुमार विश्वकर्मा लामिछाने ले सरकारसँग सहयोग र सहकार्यको अपिल गरेका छन्।
उनले संस्थाभित्रकै केही गैरजिम्मेवार गतिविधि, कानुनी अवरोध र सम्पत्ति व्यवस्थापन समस्याका कारण बचत फिर्ता प्रक्रिया प्रभावित भएको बताएका छन्। साथै, सम्पत्तिको न्यून मूल्यांकन गर्दै भइरहेको लिलामी प्रक्रियाले बचतकर्ताको हितमा असर पर्ने दाबी गरेका छन्।
धरान उपमहानगरपालिकाले यसअघि बराह सहकारीको समस्या समाधानका लागि संघीय सरकारसँग सहयोग मागेको थियो।


