सप्तरी । सप्तरीका विभिन्न बजार क्षेत्रमा सडक नै पार्किङ स्थल बनेपछि ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ।
हुलाकी राजमार्गअन्तर्गत राजविराजदेखि बलान नदीसम्मका बजारहरूमा सवारी साधन सडकमै पार्किङ हुँदा पैदल यात्रु र अन्य सवारी आवागमन प्रभावित भएको छ।
निर्माण सम्पन्न भएर पनि सञ्चालनमा नआएको राजविराज बसपार्कका कारण बजार क्षेत्रमा थप भीड र अव्यवस्था बढेको स्थानीयको गुनासो छ।
स्थानीयवासीले ट्राफिक प्रहरी, स्थानीय तह र सम्बन्धित निकायको बेवास्ताका कारण दुर्घटनाको जोखिम दिनदिनै बढ्दै गएको बताएका छन्।


