Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > प्रधानमन्त्रीको राजीनामा माग्ने आधार छैन : ज्ञानेन्द्र शाही

प्रधानमन्त्रीको राजीनामा माग्ने आधार छैन : ज्ञानेन्द्र शाही

काठमाडौं । राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई प्रधानमन्त्रीको राजीनामा माग्ने कुनै ठोस कारण नरहेको बताएका छन्।

साम्पाङले विभिन्न कारण देखाउँदै प्रधानमन्त्रीको राजीनामा मागेपछि शाहीले जनमतको सम्मान गर्दै सरकारलाई अस्थिर बनाउनेभन्दा सहकार्य र संवाद आवश्यक रहेको टिप्पणी गरेका हुन्।

उनले विगतका भ्रष्टाचार र जनताको जनादेशलाई स्मरण गर्दै संसदलाई जनताको आवाज बोल्ने मुख्य थलो भएको उल्लेख गरेका छन्।

शाहीले सरकारलाई प्रजातान्त्रिक र संसदप्रति उत्तरदायी बन्न सुझाव दिँदै सबै पक्ष मिलेर देश अघि बढाउनुपर्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *