सिरहाको कर्जन्हा नगरपालिका–११ क्षेत्रमा प्रहरीले झाडीमा लुकाएर राखिएको २७६ किलो गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले शनिबार साँझ करिब ३ सय मिटर टाढा ११ वटा बोरामा प्याक गरिएको अवस्थामा गाँजा फेला पारेको हो।
बरामद गरिएको गाँजा मिर्चैया प्रहरी कार्यालयमा राखिएको छ। घटनाबारे गाँजा कसले र कहाँबाट ल्याएर लुकाएको हो भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


