गंगा छन्त्याल ले अपांगता भएका व्यक्तिहरूका लागि प्रधानमन्त्रीको नेतृत्वमा छुट्टै मन्त्रालय वा प्रतिष्ठान गठन गर्न सरकारसँग माग गरेकी छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अपांगता भएका नागरिकलाई राष्ट्र निर्माणको केन्द्रमा राखेर विशेष संरचना आवश्यक रहेको बताइन्।


