काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन)को अध्यक्ष नियुक्तिका लागि चार जनाको नाम सर्टलिस्टमा परेको छ।
छनोट सूचीमा डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्दकुमार क्षेत्री र डा. गोपालप्रसाद भट्ट परेका छन्। उनीहरूलाई जेठ ८ गते अर्थ मन्त्रालयमा छलफलका लागि बोलाइएको छ।
छलफलपछि सिफारिस समितिले नाम सरकारलाई पठाउनेछ भने मन्त्रिपरिषद्ले एकजनालाई अध्यक्ष नियुक्त गर्नेछ।


