रास्वपा सांसद आशिका तामाङले सांसद कृष्णकुमार कार्कीमाथि लागेको आरोपबारे निष्पक्ष अनुसन्धान गर्न माग गरेकी छन्। सामाजिक सञ्जालमार्फत उनले सत्यको पक्षमा उभिन र गलतलाई गलत भन्न नछोड्न आग्रह गरेकी हुन्।
कार्कीमाथि एक नाइजेरियन युवतीलाई गर्भवती बनाएर बेवास्ता गरेको आरोप सार्वजनिक भएपछि उक्त विषय चर्चामा आएको छ।


