Friday, June 05, 2026
Home > स्थानीय समाचार > लुम्बिनीकी कार्यवाहक नगर प्रमुखले आफ्नै अतिक्रमित घर भत्काइन्

लुम्बिनीकी कार्यवाहक नगर प्रमुखले आफ्नै अतिक्रमित घर भत्काइन्

कल्पना हरिजन ले सार्वजनिक पोखरी अतिक्रमण गरी बनेको आफ्नै घर भत्काएर सरकारी जग्गा संरक्षण अभियानको सुरुवात गरेकी छिन्। सो घर लुम्बिनी सांस्कृतिक नगरपालिका–१ खुनगाईमा रहेको १४x९ फुटको संरचना थियो।

उनका अनुसार “पहिले आफूबाट सुरु” गर्ने उद्देश्यले घर भत्काइएको हो, जसपछि अन्य अतिक्रमणकारीहरूले पनि जग्गा खाली गर्न थालेका छन्। नगरपालिकाले सार्वजनिक सडक, पोखरी र कुलो लगायतका सरकारी जग्गा खाली गर्ने अभियानलाई तीव्र पारेको छ।

हाल पहिलो चरणमा सम्पन्न तथा हुने खाने वर्गले गरेको अतिक्रमण हटाइँदैछ भने गरिब तथा सुकुम्बासीलाई तत्काल नछुने नीति नगरपालिकाले लिएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *