पोखरा महानगरपालिका ले फिर्के खोला किनारमा मिचेर बनाइएका संरचना हटाउन दिएको अल्टिमेटम भोलि सकिँदैछ। समयसीमा नजिकिएसँगै स्थानीयले घर तथा व्यवसायिक संरचनाबाट सामान सुरक्षित स्थानमा सार्न थालेका छन्।
महानगरले तोकिएको समयभित्र संरचना नहटाए आफैं डोजर चलाएर हटाउने र खर्च सम्बन्धित पक्षबाट असुल गर्ने चेतावनी दिएको छ।




