बाजुराको हिमाली गाउँपालिका–३ स्थित लाम्पाटा क्षेत्रमा सीमा विवादपछि थप सुरक्षाकर्मी परिचालन गरिएको छ। हुम्ला र बाजुराका स्थानीयबीच अघिल्लो झडपपछि अवस्था बुझ्न इन्स्पेक्टरको नेतृत्वमा १६ जनाको सुरक्षा टोली पठाइएको हो।
सुरक्षाकर्मीमा सशस्त्र प्रहरीसहितको टोली रहेको छ। विवादित क्षेत्रमा अस्थायी प्रहरी चौकी राख्ने विषयमा विवाद हुँदा झडप भएको थियो, जसमा केही व्यक्ति घाइते भएका थिए। हाल सुरक्षा टोलीले अवस्था मूल्यांकन गरी फर्कने जनाएको छ।


