पाँचथरमा अविरल वर्षासँगै आएको बाढी–पहिरोले जनजीवन प्रभावित बनाएको छ। याङवरक गाउँपालिकामा ४ परिवार विस्थापित भएका छन् भने दर्जनौँ घर उच्च जोखिममा परेका छन्।
बाढीले मध्यपहाडी राजमार्गअन्तर्गत मेवा खोलाको निर्माणाधीन पुल बगाउनुका साथै सडक, झोलुङ्गे पुल र जलविद्युत् आयोजनामा समेत ठूलो क्षति पुर्याएको छ। तमोर करिडोरका संरचना र विभिन्न खानेपानी तथा सिँचाइ योजनाहरू पनि प्रभावित भएका छन्।
प्रहरीका अनुसार प्रभावित क्षेत्रमा उद्धार तथा क्षतिको विवरण संकलन कार्य जारी छ।


