Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > प्रधानमन्त्रीको शैलीप्रति असन्तुष्टि, चार दलका प्रमुख सचेतक एकै ठाउँमा छलफल

प्रधानमन्त्रीको शैलीप्रति असन्तुष्टि, चार दलका प्रमुख सचेतक एकै ठाउँमा छलफल

काठमाडौंमा प्रतिनिधिसभाका विपक्षी चार दलका प्रमुख सचेतकहरूबीच छलफल भएको छ। नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा र राप्रपाका सचेतकहरूले सिंहदरबारमा भेट गरी संसद्लाई प्रधानमन्त्रीले उपेक्षा गरेको विषयमा गम्भीर छलफल गरेका हुन्।

छलफलमा संसद्मा विपक्षीको आवाज दबाउने प्रवृत्ति, सरकारको व्यवहार र लोकतान्त्रिक अभ्यास कमजोर हुँदै गएको विषय उठाइएको बताइएको छ। सहभागीहरूले संविधान कार्यान्वयन र संसद्को मर्यादा कायम राख्न संयुक्त रूपमा अघि बढ्ने सहमति गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *