Friday, June 05, 2026
Home > स्थानीय समाचार > फिर्के खोला अतिक्रमण हटाउन पोखरा महानगरको अभियान सुरु

फिर्के खोला अतिक्रमण हटाउन पोखरा महानगरको अभियान सुरु

कास्की । पोखरा महानगरपालिकाले फिर्के खोलाको अतिक्रमण हटाउने अभियान सुरु गरेको छ। आइतबारदेखि डोजर चलाएर खोलाघरमा बनेका स्थायी तथा अस्थायी संरचना हटाउन थालिएको हो।

महानगरले अतिक्रमण हटाएपछि फिर्के करिडोर परियोजना अघि बढाउने जनाएको छ। परियोजनाअन्तर्गत पदमार्ग, साइकल लेन, हरियाली क्षेत्र र सार्वजनिक खुला स्थान निर्माण गर्ने योजना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *