Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > ‘मिसन–८४’ तयारीमा नेकपा, स्थानीय जनप्रतिनिधिहरूको भेला सुरु

‘मिसन–८४’ तयारीमा नेकपा, स्थानीय जनप्रतिनिधिहरूको भेला सुरु

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै स्थानीय जनप्रतिनिधिहरूको भेला आयोजना गरेको छ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको भेलामा अहिलेसम्मका कामको समीक्षा, आगामी रणनीति र निर्वाचन तयारीबारे छलफल हुने बताइएको छ। भेलामा पार्टी नेतृत्वले प्रशिक्षण दिने कार्यक्रम पनि रहेको छ।

पार्टीका नेताहरूले वामपन्थी दलबीच सहकार्यको सम्भावना रहेको संकेत गर्दै संगठन सुदृढीकरणमा जोड दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *