Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > टीओबी समूहमाथि जेनजी आन्दोलन प्रकरणमा अनुसन्धान सिफारिस

टीओबी समूहमाथि जेनजी आन्दोलन प्रकरणमा अनुसन्धान सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भूमिका रहेको भन्दै ‘तिब्बतीयन ओरिजन ब्लड (टीओबी)’ समूहमाथि अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ।

आयोगको प्रतिवेदनमा माइतीघरमा भएको शान्तिपूर्ण प्रदर्शनलाई संसद् भवनतर्फ मोडेर भिड उक्साउने र सुरक्षा निकायविरुद्ध हिंसात्मक गतिविधिमा प्रेरित गरेको आरोप उल्लेख छ।

आयोगले घटनामा संलग्न अन्य व्यक्तिहरूमाथि पनि सूक्ष्म अनुसन्धान गरी दोषी देखिए कानुनी कारबाही गर्न सुझाव दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *