Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > कम्बोडियामा रहेका ६०२ नेपालीको जरिबाना मिनाहा

कम्बोडियामा रहेका ६०२ नेपालीको जरिबाना मिनाहा

काठमाडौं । कम्बोडिया सरकारले भिसा अवधि सकिएर बसेका ६०२ नेपालीको जरिबाना तथा शुल्क मिनाहा गरेको छ ।

थाइल्यान्डस्थित नेपाली दूतावासको पहलमा उक्त निर्णय भएको हो । जरिबाना मिनाहा भएकामध्ये ३०२ नेपाली अझै स्वदेश फर्किन बाँकी रहेका छन् ।

राजदूत धनबहादुर वलीका अनुसार २५० जना फर्कने तयारीमा छन् भने अटेरी गरेर बसेका ५२ जनामाथि नयाँ कानुनअनुसार कडा कारबाही हुन सक्ने चेतावनी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *