काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले छिट्टै ठूलो सैन्य आक्रमण गर्न सक्ने गुप्तचर सूचना प्राप्त भएको बताएका छन्।
अमेरिका र युरोपेली सहयोगीबाट प्राप्त सूचनाका आधारमा ड्रोन, क्रुज र ब्यालिस्टिक मिसाइल प्रयोग गरेर ४८ घण्टाभित्र आक्रमण हुन सक्ने आकलन गरिएको उनले बताए। जेलेन्स्कीका अनुसार हाल युक्रेन उच्च सतर्कतामा रहेको छ र सम्भावित आक्रमणको सामना गर्न तयारी भइरहेको छ।
उनले रुसले पछिल्ला महिनाहरूमा निरन्तर र ठूलो मात्रामा आक्रमण गर्दै आएको पनि उल्लेख गरेका छन्।


