कास्की । पोखरा महानगरपालिकाले फिर्के खोला संरक्षण अभियानअन्तर्गत खोलाघरभित्र रहेका १६० स्थायी तथा अस्थायी संरचना हटाएको छ।
जेठ १० देखि सुरु गरिएको अभियानले फिर्के खोलाको प्राकृतिक बहाव कायम राख्न र फेवाताल संरक्षणमा सहयोग पुर्याउने लक्ष्य लिएको महानगरले जनाएको छ।
महानगरले खोलामा ढल मिसाउने कार्य १० दिनभित्र बन्द गर्न चेतावनी दिएको छ भने मापदण्डभित्र नयाँ संरचना निर्माण नगर्न पनि आग्रह गरेको छ। अतिक्रमण हटाइएपछि खोलाको दायाँ–बायाँ फुटपाथ निर्माण गर्ने योजना रहेको छ।


