काठमाडौं । उत्तर कोरियाले परमाणु हतियारका लागि आवश्यक इन्धन उत्पादन गर्ने नयाँ केन्द्र सार्वजनिक गरेको छ।
सर्वोच्च नेता किम जोङ उनले उक्त केन्द्रको भ्रमण गर्दै देशको परमाणु शक्ति थप विस्तार गर्ने योजना अघि बढाइने बताएका छन्। दक्षिण कोरियाले यो स्थल युरेनियम सम्वर्धन केन्द्र हुनसक्ने अनुमान गरेको छ भने उत्तर कोरियाले यसलाई रणनीतिक परमाणु कार्यक्रमको हिस्सा बताएको छ।


