अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट पुनर्लेखन तत्काल सम्भव नभएको भन्दै अर्को वर्ष मात्रै सम्भव हुने बताएका छन्।
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरूको टिप्पणीको जवाफ दिँदै उनले बजेट सम्बन्धी बहस सुनेको आधारमा नभई अध्ययन गरेर गर्नुपर्ने बताए।
एमाले सांसदको बजेट पुनर्लेखनको मागप्रति प्रतिक्रिया दिँदै अर्थमन्त्रीले त्यसको सम्भावना आगामी वर्ष मात्र हुने स्पष्ट संकेत गरेका हुन्।


