धनकुटा । महालक्ष्मी नगरपालिका–९ मा भरुवा बन्दुक सफा गर्ने क्रममा दुर्घटना हुँदा ४७ वर्षीय रामकृष्ण थापाको मृत्यु भएको छ।
प्रहरीका अनुसार बारुद लोड भएको बन्दुकको नाल तताएर सफा गर्ने प्रयास गर्दा बन्दुक अचानक पड्किएको थियो। बारुद मुखमा लागेर गम्भीर घाइते भएका थापाको उपचारका क्रममा मृत्यु भएको हो।
घटनापछि प्रहरीले बन्दुक नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।


